तनहुँका सिमनाथ–काहुँ सडक कालोपत्र गरिँदै
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा पर्ने सिमनाथ–काहुँ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको रु १५ करोड लागतमा करिब छ किलोमिटर सडक कालोपत्र थालिएको हो ।
पहिलो चरणमा ऋषिङको थप्रेक सिमनाथदेखि काँहुसम्म सडक कालोपत्र गरिने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए । उनका अनुसार सदरमुकाम दमौलीबाट ऋषिङ पुग्ने छोटो दुरीको यस सडकलाई प्राथमिकतामा राखेर काम गरिएको छ ।
‘जिल्लाको ऋषिङ मात्रै नभई छिमेकी जिल्ला नवलपुरको बुलिङटार डेढगाउँ जोड्ने छोटो दुरीको सडक समेत रहेको छ,’ उनले भने, “जसले गर्दा सवारी आवतजावतमा छिटो पुग्न सकिन्छ ।’
सडक विस्तार, ‘रिटेनिङ वाल’ निर्माणसहितको कालोपत्र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाइएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभासदस्य शङ्कर भण्डारी र गण्डकी प्रदेशका पूर्वमन्त्री अर्थमन्त्री जीतप्रकाश आलेको पहलमा बजेट विनियोजन भएको सो गाउँपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण