बजार अनुगमन : एभरेष्ट होटललाई तीन लाख जरिवाना
काठमाडौँ । चाडपर्वको मुखमा हुने कालोबजारी नियन्त्रणका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सक्रियता बढाएको छ ।
चाडपर्व र प्राकृतिक विपत्तिकै समयमा कालोबजारी मौलाएको गुनासो आएको भन्दै विभागले दैनिक अनुगमन टोलीको सङ्ख्या बढाएको हो । सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमन गरिएको विभागले जनाएको छ ।
सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैयाँ जरिवाना गराइएको छ । काठमाडौँको एभरेष्ट होटललाई तीन लाख रुपैयाँ र इमिरो प्लाजालाई तीन लाख रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।
विभागले ११ ओटा टोली काठमाडौँ उपत्यकामा अनुगमन तथा निरीक्षणका लागि परिचालन गरेको जनाएको छ । विभागका महानिर्देशक राजन पौडेलका अनुसार चाडपर्वसँगै विपत्ति समेत आएकाले यही समयमा कालोबजारी फस्टाइरहेको गुनासाहरू आएपछि टोली परिचालन गरिएको हो ।
कालोबजारी वा कम गुणस्तरको सामग्री विक्री वितरण गरिएको पाइए निरीक्षणकै स्थानबाट तीन लाखसम्म जरिवाना गर्ने गरि ११ ओटा टोली परिचालन गरिएको महानिर्देशक पौडेलले बताए । टोलीको नेतृत्व भने निरीक्षण अधिकृतले गरिरहेको उनले बताए ।
यस्तै कालोबजारी तथा म्याद गुज्रिएको सामग्रीहरूको समेत अनुगमन गर्ने गरी देशैभर सहायक सिडिओको नेतृत्वमा बजार अनुगमन सुरु गरेको महानिर्देशक पौडेलको भनाइ छ । सोसँगै स्थानीय पालिकाहरूसँग समन्वय गरेर बजार अनुगमनलाई तीव्रता दिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण