१२ गते पानी पर्दापर्दै म अमेरिकाबाट हिँडेको हुँ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो गयो भन्नेबित्तिकै आफू अमेरिकाबाट हिँडेको बताएका छन् । मौसम पुर्वमानुमान महाशाखाले असोज ७ गते नै विपद् आउन सक्छ भनेर सूचना दिएपछि सरकारले पूर्वतयारीका काम गरेको तर यति ठुलो विपत्ति आउला भनेर आफूले समेत कल्पना नगरेको बताए ।
‘११ र १२ गते पानी पर्यो, १२ गते बिहानै म अमेरिकाबाट हिँडेको छु भने म यहाँ भइन भन्ने कुरा पनि उठाए । संयुक्त राष्ट्र संघमा जाँदा पहिला नै यस्तो क्षतिको अनुमानअघि नै म जाने कुरा भएको हो’, प्रधानमन्त्रीले भने, ‘१२ गते हिँडेको छु । एक दिन ग्याप हुन्छ १४ गते आइपुगेँ ।’
उनले केही कमीकमजोरी भएपनि त्यसलाई सच्चाउँदै अघि बढ्नुपर्ने र उद्धारमा खटिएका सुरक्षाकर्मीलाई धन्यवाद दिनुपर्ने बताए ।
प्रधानमन्त्रीले आफू उहाँ रहँदा पनि गृहमन्त्री लगायत राज्यका निकायसँग समन्वय गरिरहेको र उद्दारका लागि निर्देशन दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता
-
दुई लाख घुस सहित कम्युटर अपरेटर राम लखन अख्तियारको नियन्त्रणमा
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म
-
नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै