१२ गते पानी पर्दापर्दै म अमेरिकाबाट हिँडेको हुँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो गयो भन्नेबित्तिकै आफू अमेरिकाबाट हिँडेको बताएका छन् । मौसम पुर्वमानुमान महाशाखाले असोज ७ गते नै विपद् आउन सक्छ भनेर सूचना दिएपछि सरकारले पूर्वतयारीका काम गरेको तर यति ठुलो विपत्ति आउला भनेर आफूले समेत कल्पना नगरेको बताए ।
‘११ र १२ गते पानी पर्यो, १२ गते बिहानै म अमेरिकाबाट हिँडेको छु भने म यहाँ भइन भन्ने कुरा पनि उठाए । संयुक्त राष्ट्र संघमा जाँदा पहिला नै यस्तो क्षतिको अनुमानअघि नै म जाने कुरा भएको हो’, प्रधानमन्त्रीले भने, ‘१२ गते हिँडेको छु । एक दिन ग्याप हुन्छ १४ गते आइपुगेँ ।’
उनले केही कमीकमजोरी भएपनि त्यसलाई सच्चाउँदै अघि बढ्नुपर्ने र उद्धारमा खटिएका सुरक्षाकर्मीलाई धन्यवाद दिनुपर्ने बताए ।
प्रधानमन्त्रीले आफू उहाँ रहँदा पनि गृहमन्त्री लगायत राज्यका निकायसँग समन्वय गरिरहेको र उद्दारका लागि निर्देशन दिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण