गृहमन्त्रीको बचाउमा प्रधानमन्त्री : प्रारम्भिक जानकारीलाई अपराध मान्नुहुँदैन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीमा फसेका मानिसहरूलाई गृहमन्त्रीले उद्धार गर्न नसकेको भनेर भएको आलोचनाको खण्डन गरेका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले नख्खु खोलामा बाढी आउँदा जस्ताको टहरामा उद्धार पर्खेर बसेका मानिसलाई हेलिकोप्टरबाट उद्धार नगरेको भनेर भएको आलोचनामा प्रधानमन्त्रीले गृहमन्त्री रमेश लेखकको बचाउ गरेका हुन् ।
‘मान्छे बगे, रेस्क्यु गर्न सकिएन भनेर त्यहाँका मानिसले जे रिपोर्ट दिए त्यही गृहमन्त्रीले बोल्नुभयो’, ओलीले भने, ‘अलिक तल एक जना भाइले बचाउनु भएछ । उहाँलाई धन्यवाद ।’ प्रधानमन्त्रीले गृहमन्त्रीले बचाउन सकिएन भनेर दिएको अभिव्यक्ति स्थानीयले दिएको सूचनाका आधारमा भएको बताए । ‘जानकारी दिँदै नदिनु पनि राम्रो हुँदैन, कहिले कहिले प्रारम्भिक जानकारी राम्रो नहुन पनि सक्छ । म आफै पनि बगेको थिएँ । यस विषयलाई अपराध र अयोग्यताका रूपमा लिन हुँदैन’, प्रधानमन्त्रीले सरकार राहत, उद्धार र पुनर्स्थापनामा केन्द्रित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण