कर्णालीमा स्थानीय सेवाको गठन, संचालन र सेवासम्बन्धी विधेयक पारित
सुर्खेत। कर्णाली प्रदेश सरकारले ल्याएको 'स्थानीय सेवाको गठन संचालन र सेवाका सर्तहरुको सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक - २०८१' पास भएको छ।
मंगलबार राति बसेको प्रदेश सभा बैठकबाट उक्त विधेयक पास भएको हो । प्रदेश सरकारले आफ्नो प्रदेशमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको वृत्ति विकास र नागरिक सेवा प्रवाहसँग सम्बन्धित रहेर स्थानीय सेवा ऐन ल्याएको हो ।
कर्मचारी प्रशासनलाई चुस्त बनाउनदेखि स्थानीय तहमा रहने सेवा गठनलाई सुनिश्चित गर्नका लागि यो विधेयक ल्याइएको बताइएको छ । स्थानीय तहको प्रशासन सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति रहने तह सुनिश्चित गर्न, कर्मचारी कार्य विवरण र कार्यसम्पादन मार्फत सेवा प्रवाहलाई व्यवस्थित गर्न यो विधेयक ल्याइएको हो ।
प्रदेश सभाबाट यो विधेयक पारित भएर कार्यान्वयनमा आएको खण्डमा कर्णालीका पालिकाहरूले आवश्यक जनशक्तिको दरबन्दी सिर्जना गर्न सक्नेछन् भने गुणस्तरीय सेवा प्रवाह हुने अपेक्षा पनि गरिएको छ । यो ऐन आएमा स्थानीय तहमा बेथितिका रूपमा रहेको कानुन विपरीतका पदपूर्तिमा रोक लाग्ने विधेयकमा उल्लेख छ।
प्रदेश सभाबाट विधेयक पास भएसँगै अब ऐनका रुपमा लागु हुनेछ ।
यस्तै मन्त्रिपरिषद् बैठकले चौथो अधिवेशन समापन गर्ने निर्णय गरेकासँगै ३३ औँ बैठक बसेर अधिवेशन समापन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण