युरोपियन च्याम्पियन्स लिग : पीएसजीविरुद्ध आर्सनलको शानदार जित
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिगमा पीएसजीविरुद्ध आर्सनलले शानदार जित हासिल गरेको छ ।
लिगअन्तर्गत मंगलबार राति इमिरेट्स स्टेडियममा भएको दोस्रो चरणको खेलमा आर्सनलले पीएसजीलाई २-० ले हराएको हो ।
आर्सनलले पहिलो हाफमै पीएसजीविरुद्ध दुई गोल गरेको थियो । उसका लागि २० औँ मिनेटमा काइ हार्बट्ज र ३५ औँ मिनेटमा बुकायो साकाले १-१ गोल गरेका थिए ।
पहिलो चरणको खेलमा एट्लान्टासँग बराबरी खेलेको आर्सनलले प्रतियोगिताअन्तर्गत पहिलो जितसँगै ४ अंक बटुलेको छ ।
आर्सनल अंक तालिकामा ८ औँ स्थानमा छ । यसअघि जिरोनासँग जित पाएको पीएसजी ३ अंकसहित १८ औँ स्थानमा छ ।
प्रतियोगिताअन्तर्गत दुई खेलमध्ये दुवै खेलमा जित पाएको डर्टमण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार घरेलु मैदानमा भएको खेलमा डर्टमण्डले सेल्टिकविरुद्ध ७-१ गोल अन्तरको जित निकाल्यो ।
डर्टमण्डका लागि करिम अदियेमीले ह्याट्रिक पूरा गरे । पहिलो हाफको ७ औँ मिनेटमा पेनाल्टी पाएको डर्टमण्डका लागि एमरे कानले गोल गरे । सरोउ गुइरासीले २ गोल गरे भने फेलिक्स मेचाले १ गोल गरे ।
जितसँगै डर्टमण्ड ७ अंकसहित अंकतालिकामा शीर्षस्थानमा उक्लिएको हो । मंगलबारका खेलमा ब्रेष्टले साल्जबर्गलाई ४-० ले हराएको छ भने स्टटगार्ट र स्पार्ता प्रेगले बराबरी खेलेका छन् ।
अर्को खेलमा बार्सिलोनाले योङ बोइजलाई ५-० ले हरायो भने म्यानचेष्टर सिटीले स्लोभन ब्राटिस्लाभालाई ४-० ले हराएको छ ।
अंकतालिकामा ब्रेष्ट दोस्रो, म्यानचेष्टर सिटी चौथो, बार्सिलोना १० औँ नम्बरमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण