चन्द्रनिगाहपुरमा प्रहरीको यात्रु सहायता कक्ष सञ्चालनमा
रौतहट । पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरमा नेपाल प्रहरीले यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरी सञ्चालन गरेको छ।
ठुला चाडपर्वको अवसरमा विभिन्न स्थानहरूबाट आफ्नो गन्तव्यमा जाने यात्रुहरूलाई सहजीकरणको लागि चन्द्रनिगाहपुरमा हेल्प डेस्क स्थापना गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए ।
कुनै पनि सवारी साधनहरूले तोकिएको भाडादर भन्दा बढी भाडा लिएको वा नलिएको अनुगमन गर्न र यात्रुहरूलाई सवारी साधनहरुको सहजता गराउने उद्देश्यले डिएसपी राई , जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारी, नागरिक समाज, सञ्चारकर्मीहरू समेतको उपस्थितिमा मङ्गलवारदेखि चन्द्रनिगाहपुर मुख्य चोकमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण