उमेरहद विवादका कारण लम्बियो अखिल क्रान्तिकारीको सम्मेलन, सहमतिको प्रयास जारी
काठमाडौँ । उमेरहद विवादमा सहमति नजुट्दा अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बिएको छ । असोज १० गतेदेखि १४ गतेसम्म त्रिभुवन विश्वविद्यालयस्थित स्मृति हलमा २३ औँ राष्ट्रिय सम्मेलन राखिएको थियो । तर प्रस्तावित मस्यौदा विधान अनुमोदनअघि उमेरहद लगाउने/नलगाउने विषयमा विवाद उत्पन्न भएपछि नेतृत्व छनोट प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
विवाद मिलाउन राति अबेरसम्म बसेको केन्द्रीय कार्यालय बैठकले बुधबार ८ बजेबाट उमेरहद सम्बन्धमा मतदान प्रक्रियामा जाने निर्णय गरेको थियो । मतदानका लागि रु. ५०० शुल्क तिरेर परिचय कार्ड लिन मतदाताहरूलाई अध्यक्ष मण्डलले सूचना जारी गरेको थियो । तर निर्वाचन प्रक्रियामा जाने विषयमा सर्वसम्म सहमति नभएको निवर्तमान उपाध्यक्ष पवन कार्कीले जानकारी दिए ।
‘उमेरहदको विषयमा केही साथीहरूको फरक मत रहेको छ । उमेरहद लगाउने कि नलगाउने ? लगाए यही सम्मेलनबाट लगाउने कि अर्को सम्मेलनबाट लगाउने भन्ने विषयमा छलफल जारी छ । यद्यपि हिजो १ बजेसम्म भएको छलफलमा निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । सहमति गरेर प्रक्रिया अगाडी बढ्छ होला’, कार्कीले भने ।
नेकपा माओवादी केन्द्र निर्वाचन आयोगका प्रमुख कुवेर वलीले सहमति गरेर आएमा ९ बजेबाट निर्वाचन प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । उमेरहद विवादमा सहमति नहुँदा देशभरबाट आएका प्रतिनिधिहरू समस्यामा परेका छन् । लम्बिएको समयको बस्ने र खाने व्यवस्था सङ्गठनले नै व्यहोर्ने उपाध्यक्ष कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण