चालु आवमा ५.१ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौँ । चालु आर्थिक वर्ष (आव) २०८१/८२ (सन् २०२५) मा नेपालको आर्थिक वृदिदर ५.१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । सरकारले भने ६ प्रतिशतको लक्ष्य राखेको छ ।
उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धि बढ्ने विश्व बैंकले जनाएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ (सन् २०२४) मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको थियो ।
नेपालको अर्थतन्त्र सन् २०२६ मा भने ५.५ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । केन्द्रीय बैंकको लचक मौद्रिक नीति र नियामकीय प्रावधानहरूमा गरिएको सहजीकरणका कारण नेपालको वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहने विश्व बैंकले जनाएको छ ।
यद्यपि वित्तीय प्रणालीमा उच्च जोखिम सहितको निजी क्षेत्रको कर्जा वृद्धिलाई सीमित गर्ने निष्क्रिय कर्जा, लगानी नै प्रभावित हुन सक्ने गरी सम्भावित नीतिको अनिरन्तरता, पूर्वाधार विकासलाई असर गर्ने पुँजीगत खर्चको कार्यान्वयनमा हुन सक्ने ढिलाइ, क्षेत्रीय अस्थिरता र व्यापार अवरोध जसले पर्यटन र आन्तरिक मागलाई कम गर्न सक्ने जस्ता जोखिम पनि विश्व बैंकले औँल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण