इजरायली सेनालाई लेबनानमा पछि हट्न बाध्य पारेको हिजबुल्लाहको दाबी
बेरुत । लेबनानमा रहेको इरान समर्थित समूह हिजबुल्लाहले लेबनानमा इजरायली सेनाको भूमि घुसपैठलाई असफल बनाएको दाबी गरेको छ । बुधवार बिहान एक विज्ञप्ति जारी गर्दै उसले इजरायली सेनासँग झडप भएको बताएकाे हाे । इजरायली सैनिक अदाइसेह सहरमा प्रवेश गरिरहेका थिए ।
हिजबुल्लाह लडाकुहरूले इजरायली गस्ती दलको सामना गरेको, भिडलाई क्षति पुर्याएको र यसलाई पछि हट्न बाध्य पारेको पनि विज्ञप्तिमा भनिएको छ । इजरायलले अहिलेसम्म हिजबुल्लाहका यी दाबीहरूमाथि कुनै प्रतिक्रिया दिएको छैन । यसअघि इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले लेबनानको भूमिमा सैन्य कारबाही गर्ने घोषणा गरेको थियो ।
आईडीएफले माइक्रोब्लगिङ वेबसाइट एक्समा जारी गरेको विज्ञप्तिमा दक्षिणी लेबनानमा जमिनबाट सैन्य कारबाही सुरु गर्न लागेको जनाएको छ । ‘हामी दक्षिणी लेबनानमा हिजबुल्लाह आतंककारीहरूको ठेगानालाई लक्षित गर्नेछौँ । यो सैन्य कारबाही सीमित क्षेत्रमा हुनेछ । निशानाहरू सीमावर्ती गाउँमा छन् । यहाँबाट हिजबुल्लाहले उत्तरी सीमामा बसोबास गर्ने मानिसहरूलाई आक्रमण गर्दछ’ आईडीएफले भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण