जाजरकोटको विद्यालयलाई ७ लाखभन्दा बढी सहयोग हस्तान्तरण
काठमाडौँ । नेकपा माओवादी केन्द्रको तत्कालीन प्रवास समन्वय समितिले संकलन गरेको रकम भूकम्पबाट प्रभावित जाजरकोटको एक विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
माओवादी केन्द्रको एसिया संगठन समितिका सहइन्चार्ज तथा तत्कालीन प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले नलगाडस्थित श्री जनआदर्श प्राथमिक विद्यालयका लागि नलगाडका मेयर डम्मर बहादुर रावतमार्फत ७ लाख ८ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
शर्मा तत्कालीन प्रदेश समन्वय समितिको अध्यक्ष हुँदा भूकम्प पीडितका लागि रकम संकलन गर्न आह्वान भएको थियो । आह्वान भएअनुसार उठेको रकममध्येबाट उक्त विद्यालयलाई बुधबार रकम हस्तान्तरण गरिएको शर्माको भनाइ छ ।
गत वर्षको कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट निकै ठुलो क्षति ब्यहोर्नु परेको थियो । उक्त क्षतिलाई मध्यनजर गर्दै समितिले विश्वभरका पार्टी शुभेच्छुकबीचमा सहयोगको आह्वान गरेर रकम संकलन गरेको थियो । तत्कालीन प्रवास समन्वय समितिका सचिव टिबी पाठकले बुधबार सहयोग भएको रकम विद्यालयले अक्षयकोषमा राख्ने भएको जानकारी दिए । पाठकले आगामी दिनमा रुकुममा पनि यस्तै खालको सहयोग गर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण