यस्तो छ अष्ट्रेलियाको राजदूतमा सिफारिस चित्रलेखा यादवको कार्ययोजना (पूर्णपाठ)
काठमाडौँ । अष्ट्रेलियको राजदूतमा सिफारिस चित्र लेखा यादवले संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेकी छन् ।
बुधबार बसेको समितिको बैठकमा यादवले सात पेज लामो कार्ययोजना प्रस्तुत गरेकी हुन् । उनले समितिमा पेस गरेको कार्ययोजानमा सुनुवाइ समितिले आफ्नो नाम अनुमोदन गरे बृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि गर्नेगरी नेपाल र अष्ट्रेलियाबीचको बहुपक्षीय सम्बन्ध सुदृढ एव विस्तृत बनाउन कटिबद्ध रहने बताएकी छन् ।
‘विश्वसमुदायमा नेपालको सम्मान, प्रतिष्ठा र छवि अभिवृद्धि गर्दै समग्र राष्ट्रिय हित प्रवर्धन गर्न भरमग्दुर प्रयास गर्नेछु’, यादवले कार्ययोजनामा भनेकी छन् । त्यस्तै उनले विदेशी पर्यटकलाई नेपाल आउने दिने भिसा सरल रूपमा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिँदै स्थानीय सरोकारवालाहरूसँग छलफल गरी थप प्रभावकारी बनाउन प्रयत्न गर्ने बताएकी छन् ।
उनले आफू राजदूत भएमा दूतावासको आफ्नै भवन निर्माण कार्यलाई आरम्भ गरी सम्पन्न गर्ने गराउनेतर्फ विशेष पहल गर्ने पनि बताएकी छन् । ‘मैले नेपाल र अस्ट्रेलिया र सह प्रमाणीकरण भएका राष्ट्रहरूको बिचमा स्थापित बहुआयामिक र बहुपक्षीय सुमधुर सम्बन्धलाई नेपालको बृहत्तर राष्ट्रिय हित अभिवृद्धि गर्ने गरी अझ बढी सुदृढ बनाउन अधिकतम कोसिस गर्नेछु’, यादवले कार्य योजनामा भनेकी छन्, ‘राजदूतको हैसियतले काम गर्दा उपलब्ध अवसरहरूको सदुपयोग गरेर नेपाल सरकारको उद्धेश्य सफल बनाउन सक्रिय रहने छु ।’
उनले नेपाल र अष्ट्रेलियाबिचको विश्वास, सद्भाव र सहकार्यलाई थप मजबुत बनाउनेमा जोड दिँदै नेपाल र नेपालीको हित आफ्नो प्रमुख प्राथमिकतामा रहने बताएकी छन् । ‘कूटनीतिक कुशलता, सदाचारिता र कूटनैतिक मर्यादा तथा आचारसंहिताको दायराभित्र रही पूर्ण जिम्मेवारी र जबाफदेहीताका साथ कर्तव्य पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’, यादवको प्रतिबद्धता छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण