शिक्षा मन्त्रालयका २१८ कर्मचारीको सरुवा
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीहरूको व्यापक सरुवा गरेको छ ।
एउटै कार्यालयमा दुई–दुई वर्ष पुरा भएका २१८ जान कर्मचारीको सरुवा गरेको हो । मन्त्रालयले ४७ जना उपसचिव, १२२ जना शाखा अधिकृत र ४९ जना नायब सुब्बाको सरुवा गरेको हो ।
मन्त्रालयका उपसचिव लक्ष्मी कुमार खड्कालाई चिकित्सा शिक्षा आयोगमा काजमा खटाएको छ । त्यस्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निलकण्ठ ढकाललाई शिक्षा मन्त्रालयमा तानेको छ ।
त्यस्तै मन्त्रालयका उपसचिव गौरीशंकर पाण्डेलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशकमा सरुवा गरेको छ । त्यस्तै मन्त्रालयका उपसचिव विष्णु प्रसाद भट्टराईलाई शिक्षा विकास तथा समन्वय इकाई चितवनको प्रमुख बनाएर पठाएको छ ।
केन्द्रमा निर्देशक तथा सूचना अधिकारी सुरेशकुमार जोशीलाई मन्त्रालय तानेको छ । गिरमान थापालाई राष्ट्रिय किताबखाना, सबिता दंगाल गौतमलाई युवा खेलकुद मन्त्रालय, गोविन्दराज पोखरेललाई राष्ट्रिय परीक्षा बोर्ड, अर्जुन ढकाललाई चिकित्सा शिक्षा आयोग, रामचन्द्र शर्मालाई शिक्षक सेवा आयोगमा सरुवा गरेको छ ।
त्यस्तै पाठ्यक्रम विकास केन्द्रकी उपसचिव प्रमीला बखतीलाई शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीको इकाई प्रमुखमा काज सरुवा गरेको छ । त्यस्तै पाठ्यक्रम विकास केन्द्रका निर्देशक टुकराज अधिकारीलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सरुवा गरेको छ ।
त्यस्तै पाठ्यक्रम विकास केन्द्रकी निर्देशक कुन्ती अधिकारीलाई मन्त्रालय, परीक्षा बोर्डका उशा कँडेललाई भाषा आयोग, भक्तबहादुर गोदारलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सरुवा गरेको छ ।
शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुवेदीलाई मन्त्रालय तानेको छ । इकाई कपिलवस्तुका थानेश्वर घिमिरेलाई गुल्मी, लोकनाथ मरासिनीलाई कपिलवस्तु, कैलालीका वैकुण्ठ सुवेदीलाई सिन्धुपाल्चोक, सिन्धुलीका निर्मलकुमार घिमिरेलाई भक्तपुर, सप्तरीका पूर्णबहादुर बिकलाई केन्द्र, कितावखानाका ईश्वरीप्रसाद ज्ञवालीलाई इकाई प्रमुख कैलाली, चिकित्सा शिक्षा आयोगकी मैया खड्कालाई शिक्षक सेवा आयोग सरुवा गरेको हो ।
त्यस्तै परीक्षा बोर्डका लक्ष्मण देवकोटालाई शैक्षिक गुणस्तर परीक्षण केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका गोबिन्द्रप्रसाद अर्याललाई मन्त्रालय, जीवनबहादुर भण्डारीलाई चिकित्सा शिक्षा आयोग, टिकाराम शर्मालाई परीक्षा बोर्ड, धनबहादुर श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय, रुद्रप्रसाद रेग्मीलाई बोर्ड, हरिप्रसाद अर्याललाई केन्द्रमा सरुवा गरेको हो ।
दिनेश घिमिरेलाई केन्द्र, दामोदर चापागाईँलाई इकाई प्रमुख धनकुटा, मोहन राईलाई धनकुटा इकाई प्रमुखबाट सुनसरी, खगेन्द्रप्रसाद सुवेदीलाई सुनसरीबाट भाषा आयोग काठमाडौँ, हरिप्रसाद निरौला युवा तथा खेलकुद मन्त्रालय, शिवप्रसाद रेग्मीलाई इकाई इलाम, देवीप्रसाद उपाध्याय इकाई धादिङ, राम विनय कुमार सिंहलाई केन्द्र, देवका ढकाललाई इकाई काभ्रे, कुमार बस्नेतलाई इकाई प्रमुख नुवाकोट सरुवा गरेको हो ।
त्यस्तै सुरेशकुमार यादवलाई वन मन्त्रालय, यादवचन्द निरौलालाई केशर पुस्तकालय, प्रेमराज अधिकारीलाई शिक्षा मन्त्रालय, प्रदिप भट्टराई राष्ट्रिय पुस्तकालय, दशरथ मिश्रलाई पुस्तकालयमा सरुवा गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण