मदनकृष्णको स्वर तथा अभिनयमा आयो देशभक्ति गीत
बिहीबार, १७ असोज २०८१, १० : २४
काठमाडौँ । लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको देशभक्ति गीत ‘कसले देला बलिदान देशले रगत मागे ?’ सार्वजनिक भएको छ । गीत गायनमा श्रेष्ठलाई गायिका प्रेक्षा गौतमले साथ दिएकी छन् ।
वरिष्ठ गीतकार तथा मानवशास्त्री डा. शम्भु जमरकट्टेल हेदाङ्नेको शब्द, कृति न्यौपानेको संगीत गीतमा छ । गीतको भिडियोमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, महेन्द्र मैनाली ‘प्रभाष’, राहुल श्रेष्ठ, आर्यन राउत लगायतको अभिनय छ ।
गीतको भिडियोमा राहुल बराइलीको कोरियोग्राफी, मुकेश हुमागाईँको छायांकन र रोजिना श्रेष्ठको सम्पादन छ । जनता डिजिटल प्रालिले निर्माण गरेको भिडियाको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण