सुनको मूल्य तोलामा १ लाख ६१ हजार नजिक
बिहीबार, १७ असोज २०८१, १० : ५६
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ६१ हजार नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन बुधबार छापावाल सुनको मूल्य १ लाख ६० हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३७ हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसैबिच बिहीबार चाँदीको मूल्य सामान्य बढेको छ । बुधबार तोलामा १ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर १ हजार ९५० रुपैयाँमा कारोबार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण