प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको भेट
बिहीबार, १७ असोज २०८१, १२ : ५८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेकी बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छिन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका अवसरमा नेपाल र बङ्गलादेशबिचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेष घलेलाई सघाएर यसरी रोक्न सकिन्छ एनआरएनएको विघटन
-
‘तेल भिसा’को ट्रेलर : अमेरिका पुगेका बाबु–आमा र सन्तानको कथा
-
विद्यालय तहको पाठ्यपुस्तकमा देखिएका त्रुटिप्रति अनेरास्ववियुको ध्यानाकर्षण
-
टीआईएको सञ्चालन छोटिएपछि पर्यटन व्यवसायीसँग के छ विकल्प ?
-
कर्णाली याक्सको जर्सी सार्वजनिक
-
न्यायालय कमजोर भएकोप्रति सांसदहरूको चिन्ता