इरान र इजरायलबिच बढ्दो तनावले बढ्दै छ तेलको भाउ
न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ बढेको छ । इजरायल र इरानबिच जारी तनावबिच शुक्रबार कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्कको भाउ मूल्य ५ प्रतिशतले बढेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रतिक्रिया पछि तेलको भाउ बढेको हो । गएको सोमबार इजरायलले इरानमाथि मिसाइल आक्रमण गरेयता ब्रेन्ट क्रुडको भाउ १० प्रतिशतले बढिसकेको छ ।
आफ्नो बयानमा उनले इजरायलले इरानको तेल अड्डामा आक्रमण गर्ने सम्भावनाबारे छलफल गरिरहेको बताएका थिए । त्यसपछि पत्रकारहरूले उनलाई कच्चा तेलको मूल्य बढेको विषयमा इजरायललाई इरानको तेल प्रशोधन केन्द्रमा आक्रमण नगर्न आग्रह गरिरहनुभएको हो भनेर सोधेका थिए । ‘मलाई थाहा छ यो सार्वजनिक रूपमा छलफल गर्नु हुँदैन ।’ जवाफमा बाइडेनले भनेका थिए ।
यस्तो हमलाले तेलको मूल्य बढाउन सक्छ कि भनेर सोध्दा उनले ‘आँधीका तुफानका कारण पनि मूल्य बढ्न सक्छ’ भनेर भनेका थिए । बाइडेन दक्षिण–पश्चिम अमेरिकाको भ्रमणमा रहेको बेलामा उनको यो अभिव्यक्ति आएको हो । हेलेन आँधीले ती क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । आँधीमा परेर कम्तीमा २०० जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण