इजरायली हवाई आक्रमणमा वेस्ट बैंकमा १८ जनाको मृत्यु

गाजा । इजरायलले गरेको आक्रमणमा प्यालेष्टाइनको वेष्ट बैंकमा १८ जनाको मृत्यु भएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले बिहीबार अबेर बताएअनुसार वेस्ट बैंकको तुलकर्म सहरमा इजरायली हवाई आक्रमणमा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको हो ।
‘आक्रमणले तुल्कारम सहरको शरणार्थी शिविरमा रहेको एउटा क्याफेलाई निशाना बनाएको थियो, जहाँ धेरै नागरिकहरू उपस्थित थिए,’ प्यालेस्टिनी अथोरिटीद्वारा सञ्चालित समाचार एजेन्सी वाफाले भनेको छ ।
वायु सेनाले आफ्नो शिन बेट सुरक्षा सेवासँगको संयुक्त अपरेशनमा तुल्कारम सहरमा हमासको प्रमुख र अन्य महत्त्वपूर्ण आतंककारीहरू मारेको इजरायली सेनाले भनेको थियो । यस आक्रमणमा धेरै परिवारका बालबालिका र वृद्धवृद्धाको मृत्यु भएको समाचार एजेन्सी वाफाले स्थानीय अधिकारीलाई उद्धृत गर्दै बताएको छ । एक स्थानीय बासिन्दाले समाचार एजेन्सी एएफपीलाई इजरायलले तीन तले भवनमा रहेको क्याफेलाई निशाना बनाएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान
-
रु एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य