इजरायली हवाई आक्रमणमा वेस्ट बैंकमा १८ जनाको मृत्यु
गाजा । इजरायलले गरेको आक्रमणमा प्यालेष्टाइनको वेष्ट बैंकमा १८ जनाको मृत्यु भएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले बिहीबार अबेर बताएअनुसार वेस्ट बैंकको तुलकर्म सहरमा इजरायली हवाई आक्रमणमा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको हो ।
‘आक्रमणले तुल्कारम सहरको शरणार्थी शिविरमा रहेको एउटा क्याफेलाई निशाना बनाएको थियो, जहाँ धेरै नागरिकहरू उपस्थित थिए,’ प्यालेस्टिनी अथोरिटीद्वारा सञ्चालित समाचार एजेन्सी वाफाले भनेको छ ।
वायु सेनाले आफ्नो शिन बेट सुरक्षा सेवासँगको संयुक्त अपरेशनमा तुल्कारम सहरमा हमासको प्रमुख र अन्य महत्त्वपूर्ण आतंककारीहरू मारेको इजरायली सेनाले भनेको थियो । यस आक्रमणमा धेरै परिवारका बालबालिका र वृद्धवृद्धाको मृत्यु भएको समाचार एजेन्सी वाफाले स्थानीय अधिकारीलाई उद्धृत गर्दै बताएको छ । एक स्थानीय बासिन्दाले समाचार एजेन्सी एएफपीलाई इजरायलले तीन तले भवनमा रहेको क्याफेलाई निशाना बनाएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार माझी पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण