दसैँमा घर जान लागेका यात्रुलाई ठगेको आरोपमा ६ जना चालक र सहचालक पक्राउ
शुक्रबार, १८ असोज २०८१, १५ : ५९
काठमाडौँ । चाडपर्वमा निर्धारित भाडा दर भन्दा धेरै भाडा असुलेको आरोपमा प्रहरीले ६ जनालाई काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा, गोरखा र लमजुङतर्फ जाने हायस माइक्रोका चालक र सहचालक छन् । दसैँमा घर फर्किनुपर्ने यात्रुको बाध्यतालाई ‘मौका’ मानेर उनीहरुले १५ सयसम्म धेरै भाडा असुलेको आरोप छ ।
पक्राउ ग.१ ख ४४९९ नम्बरको माइक्रोबसका चालक डम्बर आलेमगर, सहचालक आयुष तामाङ, बा.४ ख. १११३ नम्बरको माइक्रोका चालक राजु बिक, बा.२ ख ८२८७ नम्बरको माइक्रो बसका सहचालक मिलन बिक छन् ।
तनहुँको खैरेनी जाँदै गरेको बा.५ख १०७६ नम्बरको चालक दीपकबहादुर नेपाली र पोखरा जाँदै गरेको बा.३ ख ६१६५ नम्बरको हायसका चालक प्रकाश मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुले १ हजारदेखि १५ सय सम्म धेरै भाडा असुलेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण