सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख
वीरगन्ज । मधेस प्रदेश सरकारले सिमलताल बस दुर्घटनाका मृतक परिवारलाई जनही एक/एक लाख रुपैयाँ उपलब्ध गराएको छ । करिब तीन महिना पछि प्रदेश सरकारले सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई एक/एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हो ।
प्रदेशका चार जिल्लाका ३९ जना मृतक परिवारलाई जनही एक/एक लाख रुपैयाँको चेक शुक्रवार हस्तान्तरण गरिएको मुख्यमन्त्री सतिस सिंहले जानकारी दिएका छन् । सिमलताल बस दुर्घटनामा मधेस प्रदेशबाट धेरै जनाले ज्यान गुमाएका थिए । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सनाखत गरेर पठाएका परिवारलाई मात्र प्रदेश सरकारले अहिले चेक हस्तान्तरण गरेको मुख्यमन्त्री सिंहले बताए ।
उनले भने– ‘जिल्ला प्रशासन कार्यालयहरूले सबैको छानबिन गरेर हामीलाई सूची पठाएको थियो, त्यो सूची अनुसार आज हामीले चेक बनाएर प्रदेशका चारवटै जिल्ला प्रशासन कार्यालयहरूमा पठाइसकेका छौँ । त्यो चेक अब जिल्ला प्रशासन कार्यालयहरूले वितरण गर्नेछन्, पठाएको सूची अनुसार ।’
गत २८ असारमा नारायणगढ–मुग्लिङ सडकस्थित सिमलतालमा दुईवटा बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी मधेसका पर्सा, बारा, रौतहट र सर्लाहीका गरी ३९ ले ज्यान गुमाएका थिए । मधेस सरकारका अनुसार पर्साबाट १०, बाराबाट ६, रौटहटबाट १९ र सर्लाहीबाट ४ जनाले दुर्घटनामा ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण