भन्सार नतिरी सामान ल्याउन खोज्ने जना सशस्त्र तीन प्रहरी कारबाहीमा
काठमाडौँ । विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन ल्याउन खोजेको अवस्थामा सशस्त्र प्रहरी बल नेपालका ३ जना कर्मचारीलाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
अफिस प्रयोजनको लागि भन्दै निजी गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्धती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवलदार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवलदार राम बहादुर कुवरलाई नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारबाही अगाडि बढाएको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा
प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए । त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनीहरूलाई नं. ३४ गण कैलालीले नियन्त्रणमा लिएको उनले बताए ।
यसैबिच त्रिनगर नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूलाई अनावश्यक दुःख दिएको र पैसा समेत असुलिएको भन्ने गुनासोका आधारमा नं. ३४ गण कैलालीले सूक्ष्म निगरानी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटमा आईजीपी कार्कीको सम्बोधन
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण