कङ्गोमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ८७ पुग्यो
शनिबार, १९ असोज २०८१, ११ : १५

कङ्गो । कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) मा रहेको किभु तालमा बिहीबार डुंगा डुब्दा कम्तीमा ८७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिण किभु प्रान्तको मिनोभा शहरबाट आएको डुंगा उत्तरी किभु प्रान्तको राजधानी गोमाको बाहिरी भागमा रहेको कितुकु बन्दरगाह नजिकै पल्टिएको हो ।
किन्शासामा केन्द्र सरकारलाई सम्बोधन गरेको प्रतिवेदनमा प्रान्तीय सरकारले पनि ७८ जना अझै बेपत्ता रहेको बताएको छ । फेला परेका ८७ जनाको शव गोमास्थित सामान्य अस्पतालको शवगृहमा लगिएको छ भने बाँचेका अन्य ९ जनालाई अस्पताल लगिएको छ । डुंगामा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन ।
उनका अनुसार जहाजमा करिब ५ सयजना थिए बन्दरगाहबाट करिव ७ सय मिटर टाढा डुङ्गाले हिंस्रक छालको सामना गर्न नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् लाङटाङ ट्रेल रन
-
दुई सय वर्षअघि पनि प्रयोगमा आउँथ्यो कन्डम, राखियो प्रदर्शनीमा
-
नेपालगञ्जमा धुमधामले मनायो बकर इद
-
काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
-
कर्मचारीले नागरिकका समस्या र आवश्यकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ : परराष्ट्रमन्त्री राणा
-
साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव