कङ्गोमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ८७ पुग्यो
शनिबार, १९ असोज २०८१, ११ : १५
कङ्गो । कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) मा रहेको किभु तालमा बिहीबार डुंगा डुब्दा कम्तीमा ८७ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिण किभु प्रान्तको मिनोभा शहरबाट आएको डुंगा उत्तरी किभु प्रान्तको राजधानी गोमाको बाहिरी भागमा रहेको कितुकु बन्दरगाह नजिकै पल्टिएको हो ।
किन्शासामा केन्द्र सरकारलाई सम्बोधन गरेको प्रतिवेदनमा प्रान्तीय सरकारले पनि ७८ जना अझै बेपत्ता रहेको बताएको छ । फेला परेका ८७ जनाको शव गोमास्थित सामान्य अस्पतालको शवगृहमा लगिएको छ भने बाँचेका अन्य ९ जनालाई अस्पताल लगिएको छ । डुंगामा कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन ।
उनका अनुसार जहाजमा करिब ५ सयजना थिए बन्दरगाहबाट करिव ७ सय मिटर टाढा डुङ्गाले हिंस्रक छालको सामना गर्न नसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण