पाकिस्तानमा बस दुर्घटना, ७ जनाको मृत्यु
इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा एउटा बस खाल्डोमा खस्दा सात जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् । बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटाको ब्रुअरी बाइपास क्षेत्र नजिकै विवाह पाहुनाहरू बोकेको बस गहिरो खाल्डोमा खस्दा दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य ५९ जना घाइते भएको प्रान्तीय स्वास्थ्य मन्त्रालयका मिडिया संयोजक वसीम बेगले बताए ।
घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक रहेको अधिकारीले जानकारी दिँदै दुर्भाग्यपूर्ण दुर्घटनाको शिकार हुनेमा महिला र बालबालिका रहेको बताए । प्रारम्भिक अनुसन्धानमा गाडीको टायर फुटेर सडकबाट खसेर दुर्घटना भएको इलाका प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो ।
पाकिस्तानमा मुख्यतया खराब सडक, खराब मर्मत गरिएको सवारी साधन र अव्यवसायिक सवारीका कारण सडक दुर्घटनाहरू प्रायः हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण