पाकिस्तान जानेबारे के भने जयशंकरले ?
नयाँ दिल्ली । विदेशमन्त्री एस जयशंकरले पाकिस्तान भ्रमणलाई लिएर प्रतिक्रिया दिएका छन् । भारतीय विदेश मन्त्रालयले शुक्रबार साप्ताहिक पत्रकार सम्मेलनमा विदेशमन्त्री जयशंकर सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुन पाकिस्तान जाने जानकारी दिएको थियो ।
परराष्ट्रमन्त्री जयशंकरले भने, ‘हो, म यही महिनाको मध्यमा सांघाई सहयोग संगठन (एससीओ) बैठकमा सहभागी हुन पाकिस्तान जानेछु । सामान्यतया प्रधानमन्त्रीले सरकार प्रमुखको उच्चस्तरीय बैठकमा सहभागी हुने परम्परा छ । दुई देशबिचको सम्बन्धका कारण सञ्चारमाध्यममा धेरै चासो रहनेछ ।’
उनले थपे, ‘मेरो यो भ्रमण बहुपक्षीय कार्यक्रमका लागि हो । म त्यहाँ भारत-पाकिस्तान सम्बन्धको चर्चा गर्न जान लागेको होइन। म त्यहाँ एससीओको राम्रो सदस्य बन्न जाँदैछु।’
‘तपाईंलाई थाहा छ म एक विनम्र र सभ्य व्यक्ति हुँ। त्यसैले म पनि त्यस्तै व्यवहार गर्नेछु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण