पाकिस्तान जानेबारे के भने जयशंकरले ?

नयाँ दिल्ली । विदेशमन्त्री एस जयशंकरले पाकिस्तान भ्रमणलाई लिएर प्रतिक्रिया दिएका छन् । भारतीय विदेश मन्त्रालयले शुक्रबार साप्ताहिक पत्रकार सम्मेलनमा विदेशमन्त्री जयशंकर सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुन पाकिस्तान जाने जानकारी दिएको थियो ।
परराष्ट्रमन्त्री जयशंकरले भने, ‘हो, म यही महिनाको मध्यमा सांघाई सहयोग संगठन (एससीओ) बैठकमा सहभागी हुन पाकिस्तान जानेछु । सामान्यतया प्रधानमन्त्रीले सरकार प्रमुखको उच्चस्तरीय बैठकमा सहभागी हुने परम्परा छ । दुई देशबिचको सम्बन्धका कारण सञ्चारमाध्यममा धेरै चासो रहनेछ ।’
उनले थपे, ‘मेरो यो भ्रमण बहुपक्षीय कार्यक्रमका लागि हो । म त्यहाँ भारत-पाकिस्तान सम्बन्धको चर्चा गर्न जान लागेको होइन। म त्यहाँ एससीओको राम्रो सदस्य बन्न जाँदैछु।’
‘तपाईंलाई थाहा छ म एक विनम्र र सभ्य व्यक्ति हुँ। त्यसैले म पनि त्यस्तै व्यवहार गर्नेछु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
-
मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि रास्वपाले उठायो आयोगको भूमिकामाथि प्रश्न
-
इजरायल–इरान युद्ध : नेपालीको उद्धारका लागि यस्तो छ सरकारको तयारी