गरिब केटो (लघुकथा)
एकादेशमा राम भने एउटा केटो थियो। उ गरिब परिवारमा जन्मिएको थियो । गरिब परिवारमा जन्मिएको भए पनि उसको पढाइ असाध्यै राम्रो थियो । उसको पढाइ १० कक्षासम्म अति नै राम्रो थियो तर ऊ ११ कक्षामा पुगेपछि आफ्ना नराम्रा साथीहरूको सङ्गतले बिग्रिँदै गयो।
आफ्नो सपना पूरा नहुने देखेर उनका बुबा आमा चिन्तित हुँदै गाली गर्न थाल्नुभयो। आमाबुबाको दबाबका कारण साथीहरूले पनि उसलाई धेरै खिस्स्याउन थाले । साथीहरूले पनि गिल्ला गर्न थालेपछि ऊ आफ्नो घर छाड्न सोच बनाउन थाल्यो।
धेरै महिना त्यसैगरी चल्दै गयो । एक दिन बिहान झिसमिसेमा उठेर ऊ आफ्नो घर छाडेर एक घना जङ्गलमा पुग्यो। ऊ हिँड्दा हिँड्दै थाक्यो र एउटा रुखमुनि बस्यो । ऊ आफ्नो थकान मेटाएर आफ्नो गन्तव्यतर्फ लाग्यो।
ऊ हिँड्दा हिँड्दै एउटा ठुलो गुफामा पुग्यो। गुफामा पुगिसकेपछि उसले एउटा किरा देख्यो, जो ठुलो भित्तामा चढ्न कोसिस गरिरहेको थियो। किराले एकचोटी माथिसम्म पुग्न कोसिस गर्यो तर ऊ आफ्नो गन्तव्यमा पुग्न सकेन, तल झर्यो । दोस्रो पटक प्रयास गर्यो, किरा आधा भित्तासम्म मात्र चढ्न सक्यो । तेस्रो पटक प्रयास गर्दाखेरि आधा भित्ताभन्दा माथि पुग्यो र चौथो प्रयासमा गन्तव्यमा पुग्यो । त्यो देखेर राम छक्क पर्यो र सोच्न थाल्यो।
‘म एक चेतनशील प्राणी भएर पनि आफू हरेस खाएर घर छोडेर आएको छु तर यो किराले त आफू जति सानो भए पनि आफ्नो हिम्मत नहारीकन लगातार काम गरेर सफल हुन पुग्यो’ उसले म आफू चेतनशील प्राणी हुँ भनेर सोच्यो । त्यसपछि राम आफूले हरेस खानुहुँदैन भनेर आफ्नो घरतर्फ फर्कियो ।
घर पुगेर आफ्नो बुबा आमासँग माफी माग्यो र धेरै मेहनत गर्यो। त्यसपछि उसले पहिलाको भन्दा बढी सफलता चुम्न पुग्यो ।। पहिला खिसी गर्ने साथीहरू पनि माफी मागेर ऊसँग नजिक हुन पुगे । र उनले सबै साथीलाई माफी दिएर आफ्नो जिन्दगीलाई सफल बनाउन पुगे ।
कक्षा : ६
शङ्कर नेशनल अङ्ग्रेजी माध्यमिक विद्यालय सूर्यविनायक– ४ भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण