आरिफ शेखलाई सुदूरपश्चिम र भीम सार्कीलाई काठमाडौँले किन्यो
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा आरिफ शेखले सुदूरपश्चिम रोयल्सबाट र भीम सार्कीले काठमाडौँ गुर्खाजबाट खेल्ने भएका छन् ।
एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित खेलाडी अक्सन (खरिद–बिक्री) प्रक्रियामा आरिफ शेखलाई सुदूरपश्चिम रोयल्सले १५ लाख रुपैयाँमा खरिद गरेको हो ।
उनका लागि सुदूरपश्चिम रोयल्ससँगै काठमाडौँ गुर्खाज र कर्णाली याक्सले पनि १५ लाखको बोली लगाएका थिए । तर, गोलाप्रथामा सुदूरपश्चिम रोयल्सले बाजी मारेको थियो ।
यसैगरी, काठमाडौँ गुर्खाजले पनि भीम सार्कीलाई १५ लाख रुपैयाँमै खरिद गरेको हो । उनी दायाँ हाते ब्याट्सम्यान हुन् । उनी पनि क्याटेगोरी ‘ए’ मै रहेका थिए । उनका लागि न्युनतम १० लाख रुपैयाँ मुल्य तोकिएको थियो ।
अक्सनमा एक सय ४२ जना खेलाडी सहभागी छन् । एनपीएल क्रिकेट आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । एनपीएलमा आठ टोली सहभागी छन् ।
सहभागी टोली विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026