काठमाडौँ उपत्यकामा झण्डै २७ सय जनामा डेंगु संक्रमण
आइतबार, २० असोज २०८१, १८ : २९

काठमाडौँ । काठमाडौँ उपत्यकामा झण्डै २७ सय डेंगु संक्रमितका बिरामी देखा परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार देशभरको देखिएका जम्मा १४ हजार ९७५ जनामा डेंगु संक्रमितमध्ये २६ सय ९८ जना डेंगु संक्रमित काठमाडौँ उपत्यकामा फेला परेका हुन् ।
ईडीसीडीका अनुसार काठमाडौँमा १ हजार ९ सय ८६, भक्तपुर २ सय २३ र ललितपुर ४ सय ८९ जनामा डेंगु संक्रमण देखिएको हो । ७७ जिल्लामध्ये जुम्लामा बाहेक सबै जिल्लाका १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । देशभर डेंगु संक्रमितमध्ये ७ जनाको मृत्यु भइसकेको ईडीसीडीले जनाएको छ ।
डेंगु रोग डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । यो रोगको सङ्क्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु रहेको चिकित्सकको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिर प्रकरण : रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, तीन आरोपीको मृत्यु
-
एकैदिन उच्च अङ्कले किन बढ्यो शेयर बजार ? यस्ता छन् चार कारण
-
चर्चामा ‘अपरेसन सिन्दूर’ बारे जानकारी दिने दुई महिला अधिकारी
-
१० बुँदे पक्षधर बलबहादुर साम्सोहाङ र मणिशंकर पोमु निलम्बित
-
सरकारको रुचि ईपीसी मोडलको ठेक्कामा, के भन्छन् निर्माण व्यवसायी ?
-
म्यानमारबाट उद्धार गरिएका १२ जना नेपाली नागरिक स्वदेश फिर्ता