काठमाडौँ उपत्यकामा झण्डै २७ सय जनामा डेंगु संक्रमण
आइतबार, २० असोज २०८१, १८ : २९
काठमाडौँ । काठमाडौँ उपत्यकामा झण्डै २७ सय डेंगु संक्रमितका बिरामी देखा परेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याङ्क अनुसार देशभरको देखिएका जम्मा १४ हजार ९७५ जनामा डेंगु संक्रमितमध्ये २६ सय ९८ जना डेंगु संक्रमित काठमाडौँ उपत्यकामा फेला परेका हुन् ।
ईडीसीडीका अनुसार काठमाडौँमा १ हजार ९ सय ८६, भक्तपुर २ सय २३ र ललितपुर ४ सय ८९ जनामा डेंगु संक्रमण देखिएको हो । ७७ जिल्लामध्ये जुम्लामा बाहेक सबै जिल्लाका १४ हजार ९७५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो । देशभर डेंगु संक्रमितमध्ये ७ जनाको मृत्यु भइसकेको ईडीसीडीले जनाएको छ ।
डेंगु रोग डेंगु भाइरसबाट सङ्क्रमित एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । यो रोगको सङ्क्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु रहेको चिकित्सकको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण