कोशीमा पूर्वाधार क्षेत्रमा मात्रै चार अर्ब ६३ करोड रुपैयाँ बराबरको क्षति !
विराटनगर । गत साता परेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानका कारण कोशी प्रदेशमा भौतिक पूर्वाधार क्षेत्रमा मात्रै ४ अर्ब ६३ करोड ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सडक, पुल, झोलुङ्गे पुलमा भएको क्षतिको विवरण आइतबार सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको विवरण अनुसार ६० वटा सडक, १५ वटा पुल र १७ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ । जसले गर्दा १ अर्ब २ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए ।
सबैभन्दा बढी क्षति उदयपुर र खोटाङमा भएको छ । उदयपुरमा ११ वटा र खोटाङमा २७ वटा सडकमा क्षति पुगेको छ । क्षति भएका ती संरचना तत्काल बनाउनुपर्ने खालको रहेको राईले जानकारी दिए ।
यस्तै ४१ वटा सडक, २ वटा पुल र ८ वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त बनेको मन्त्री राईले जानकारी दिए । राईले पूर्ण रूपमा र आंशिक रूपमा क्षतिग्रस्त संरचनाको क्षतिको प्रारम्भिक अनुमान चार अर्ब ६३ करोड ५० लाख रुपैयाँ रहेको बताए । उक्त क्षतिको विवरण संघीय सरकार र प्रदेश सरकारले निर्माण गरेका संरचनाको रहेको उनको भनाइ छ ।
हेर्नुहोस् विवरण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण