टी–२० महिला विश्वकप : भारतसँग हार्यो पाकिस्तान
दुबई । टी–२० महिला विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । आइतबार भएको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य भारतले मात्र ४ विकेटको क्षतिमा ७ बल बाँकी छँदै पछ्यायो ।
भारतका लागि शेफाली वर्माले सर्वाधिक ३२ रन बनाइन् । रिटायर्ड हर्ट हुनअघि कप्तान हरमनप्रित कौरले २४ बलमा २९ रन जोडिन् । त्यस्तै, जेमिमा रोड्रिग्वेजले २३ रनको योगदान दिइन् ।
पाकिस्तानका लागि फातिमा सानाले २ तथा सादिया इक्बाल र ओमाइमा सोहेलले १–१ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो । पाकिस्तानका लागि निदा दारले २८ रनको योगदान दिइन् ।
त्यस्तै, मुनिबा अलीले १७ रन, सायेदा अरुब शाहले १४ र फातिमा सानाले १३ रन जोडिन् । भारतका लागि अरुन्धती रेड्डीले ३ तथा श्रेयंका पाटिलले २ विकेट लिइन् । रेनुका सिंह, दिप्ती शर्मा र आशा शोभनाले १–१ विकेट हात पारे ।
प्रतियोगितामा भारतको यो पहिलो जित हो भने पाकिस्तानको पहिलो हार । २ खेलपछि दुवै टोलीको २–२ अङ्क रहेको छ । तर, नेट रन रेटका आधारमा पाकिस्तान तेस्रो र भारत चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण