नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु
काठमाडौँ । यसवर्षको मनसुन आइतबारदेखि बाहिरिन थालेको छ । निर्धारित समयभन्दा चार दिनपछि मनसुन बाहिरन सुरु गरेको हो ।
सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन आइतबार बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए ।
विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिन थालेपछि आगामी तीन दिन भने केही ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ । आइतबार कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको पनि जनाइएको छ ।
केही दिनदेखि तापक्रम पनि घट्दै गएको छ । अब पश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । एक दिन ढिला गरी भित्रिएको मनसुन चार दिन ढिला गरी बाहिरिन थालेको छ । मनसुन देशैभरि फैलिन भने अर्को एक हप्ता लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण