सिन्धुलीका छ स्थानमा यात्रु सहायता कक्ष स्थापना
सिन्धुली । यहाँका विभिन्न छ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वका लागि लामो तथा छोटो दुरीका यात्रुको सुरक्षित यात्रा र ट्राफिक सचेतनाका लागि आइतबार यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
चाडपर्वमा हुनसक्ने लुटपाट नियन्त्रण गर्ने, मदिरा तथा लागुऔषध सेवन गरी सवारी चलाउन रोक लगाउने, बढी भाडा लिने तथा यात्रामा अप्ठ्यारो पार्नेलाई कानुनको दायरामा ल्याउने, आपतकालीन अवस्थामा यात्रुलाई तत्काल सहायता गर्न सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
उनका अनुसार सदरमुकाम सिन्धुलीमाढीस्थित बसपार्क, खुर्कोट बजार, कपिलाकोटको छाप, भिमान, दुधौली बजार र डकाहामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
ती सहायता कक्षमा २२ प्रहरीले २४सै घण्टा यात्रुलाई आवश्यकता बमोजिम सेवा प्रवाह गर्ने उनले बताए ।
उनले भने, “सवारीसाधन र यात्रुको बढी भीडभाड हुने चोकमा यात्रु सहायता कक्ष स्थापना गरेर यात्रुलाई प्रभावकारी सेवा प्रदान गर्न प्रहरी खटिएका छन् । यात्राका क्रममा कुनै समस्या आइपरे वा गुनासो भए सिधै प्रहरीलाई फोन गर्नुहोस् अथवा आफूलाई पायकपर्ने सहायता कक्षबाट सहयोग लिनुहोस् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण