भारतको सुरक्षा कमजोर पार्ने काम गर्दैनौँ : मुइज्जु
नयाँ दिल्ली । भारत र माल्दिभ्सबिचको सम्बन्धमा लामो समयदेखि तनाव देखिएको छ । अहिले दुवै देशले सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् । यसैबिच माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु भारत भ्रमणमा आएका छन् । यो उनको पहिलो राजकीय भ्रमण हो ।
आइतबार नयाँ दिल्लीमा प्रवेश गर्ने बित्तिकै माल्दिभ्सले भारतको सुरक्षामा खतरा हुने कुनै पनि काम नगर्ने उनले बताए । एउटा अङ्ग्रेजी अखबारसँगको कुराकानीमा उनले माल्दिभ्सले दिल्लीलाई एउटा मूल्यवान् साझेदार र मित्रको रूपमा हेर्नुका साथै रक्षासहित धेरै क्षेत्रमा सहयोग प्राथमिकतामा रहने बताएका छन् ।
मोदीलाई भेट्दै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नुअघि राष्ट्रपति मुइज्जुले चीनसँग माल्दिभ्सको बढ्दो सम्बन्धलाई लिएर भारतको चिन्ता कम गर्ने प्रयास गरेका थिए । उनले माल्दिभ्सले अन्य देशसँग सहकार्य बढाउँदै गएको तर आफ्नो कुनै पनि कदमले यस क्षेत्रको सुरक्षा र स्थायित्वमा हानी नपुग्ने बताएका थिए ।
बलियो र रणनीतिक सम्बन्ध कायम हुने
भारत माल्दिभ्सको महत्त्वपूर्ण सहयोगी र मित्र भएको उनले बताए । दुई देशबिचको सम्बन्ध आपसी सम्मान र साझा हितमा आधारित रहेको मुइज्जुको भनाई थियो । माल्दिभ्सले भारतसँग बलियो र रणनीतिक सम्बन्ध कायम गर्ने र क्षेत्रीय स्थिरता सुनिश्चित गर्न मिलेर काम गर्ने पनि उनले बताएका थिए ।
‘माल्दिभ्स फर्स्ट’ नीति अन्तर्गत भारतसँगको पुरानो र भरपर्दो सम्बन्धलाई प्राथमिकता दिइने पनि उनको भनाई थियो । अर्को देशसँगको आफ्नो सम्बन्धले भारतको सुरक्षा हितलाई कमजोर नबनाउनेमा आफू विश्वस्त रहेको र माल्दिभ्सले भारतसँग बलियो र रणनीतिक सम्बन्ध कायम राख्ने उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण