सेन्ट लुसिया किङ्सले पहिलोपटक जित्यो क्यारेबियन प्रिमियर लिगको उपाधि
काठमाडौँ । क्यारेबियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि सेन्ट लुसिया किङ्सले जितेको छ । सेन्ट लुसिया किङ्सले फाइनलमा गुयना एमाजन वारियर्सलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । सेन्ट लुसिया किङ्सले पहिलो पटक क्यारेबियन प्रिमियर लिगको उपाधि जितेको हो ।
फाइनलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुयना एमाजन वारियर्सले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सेन्ट लुसिया किङ्सले १८.१ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।
सेन्ट लुसिया किङ्सको जितमा एरोन जोन्सले अविजित ४८ र रोस्टन चेजले अविजित ३९ रनको योगदान गरे । जोन्सले ३१ बलमा चार छक्का र दुई चौका तथा चेजले २२ बलमा दुई छक्का र दुई चौका पनि प्रहार गरे ।
कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान फाफ डु प्लेसिसले पनि टोलीका लागि २१ रनको योगदान गरेका थिए । त्यसअघि ब्याटिङ गरेको गुयना एमाजन वारियर्सलाई ठुलो योगफल बनाउन नदिन सेन्ट लुसिया किङ्सका बलर नुर अहमदले तीन विकेट लिएका थिए ।
गुयना एमाजन वारियर्सका लागि ड्वेन प्रेटोरियसले सर्वाधिक २५ रन बनाएका थिए । विकेटकिपर ब्याट्सम्यान साई होपले पनि २२ रन बटुलेका थिए । रोमारियो सेफर्डले अविजित १९ रन बनाए । ओपनर मोइन अलीले १४ रन जोडेका थिए । रोस्टन चेज प्लेयर अफ दि म्याच र नुर अहमद प्लेयर अफ दि सिरिज घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण