कर्णाली याक्समा कर्णाली प्रदेशका तीन खेलाडी
काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्स प्रालिको स्वामित्वमा रहेको कर्णाली याक्सले अक्सनबाट कर्णाली प्रदेशका तीन जना खेलाडीलाई टोलीमा समावेश गरेको छ । अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) बाट कर्णाली याक्सले १० जना खेलाडी खरिद गर्दा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै विभिन्न घरेलु क्रिकेट खेलिसकेका तीन जना खेलाडीलाई टोलीमा समावेश गरेको हो ।
अर्जुन घर्ती, युनिशविक्रमसिंह ठकुरी र दीपेन्द्र रावत कर्णाली प्रदेशका खेलाडी हुन् । अक्सनमा अर्जुन ‘बी’ श्रेणीमा तथा युनिश र दीपेन्द्र ‘सी’ श्रेणीमा रहेका थिए । कर्णाली याक्समा निर्देशक सह–मालिक गृहेन्द्र घिमिरेले योजनाअनुसार नै कर्णालीका खेलाडी टोलीमा समावेश गरिएको बताए ।
‘कर्णाली याक्सले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दा स्थानीय खेलाडीलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने थियो,’ घिमिरेले भने, ‘हाम्रो योजनाअनुसार नै तीन जना खेलाडीलाई टोलीमा समावेश गरेका हौं ।’ घिमिरेले अझै एक स्थानीय खेलाडी ल्याउने बाटो खुला रहेको र अहिले छुटेका खेलाडीलाई त्यसबाट समावेश गर्ने जानकारी पनि दिए ।
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । टोलीले अक्सनमार्फत ‘ए’ श्रेणीबाट गुलसन झा, देव खनाल र नन्दन यावदलाई टोलीमा समावेश गरेको छ । यसैगरी, ‘बी’ श्रेणीबाट अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल र भुवन कार्कीलाई टोलीमा समावेश गरेको छ । ‘सी’ श्रेणीबाट भने दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी र दीपक डुम्रेलाई क्लबमा भित्राएको छ ।
कर्णाली याक्सले १० खेलाडी खरिद गर्दा ७४ लाख रुपैयाँ खर्च गरेको छ । यसअघि हिमालयन विल्डर्स एन्ड इन्जिनियर्स प्रालिले एक करोड ११ लाख रुपैयाँमा कर्णाली याक्सले आफ्नो स्वामित्वमा लिएको थियो । घिमिरेले चार विदेशी कोटामा विश्व चर्चित खेलाडी समावेश गर्दै टोली बलियो बनाउने जानकारी पनि दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण