सनथ जयसूर्या श्रीलंकाली क्रिकेट टोलीको प्रमुख प्रशिक्षक नियुक्त
काठमाडौँ । आफ्नो समयका प्रभावशाली खेलाडी सनथ जयसूर्या श्रीलंकाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त भएका छन् । श्रीलंकाली क्रिकेट बोर्डले जयसूर्यालाई सन् २०२६ को आईसीसी टी–२० विश्वकपसम्मका लागि प्रमुख प्रशिक्षकमा नियुक्त गरेको हो ।
यसअघि पनि अस्थायी रुपमा जयसूर्याले श्रीलंकाली टोलीको प्रशिक्षकको जिम्मेबारी निर्वाह गर्दै आएका थिए । अहिले आएर श्रीलंका क्रिकेट बोर्डले उनलाई पूर्णकालीन रुपमा प्रमुख प्रशिक्षकको जिम्मेबारी सुम्पिएको हो ।
‘जयसूर्यालाई राष्ट्रिय टोलीको पूर्णकालीन प्रमुख प्रशिक्षक बनाउने निर्णय लिएका छौँ । उनको प्रशिक्षकत्वमा राष्ट्रिय टोलीले महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास गरेका छौँ,’ श्रीलंका क्रिकेट बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
५५ वर्षीय जयसूर्या आफ्नो समयका प्रभावशाली खेलाडी पनि हुन् । उनले देशका लागि एक सय १० टेस्ट खेल्दै कुल ६ हजार नौ सय ७३ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर तीन सय ४० रन हो । उनले टेस्ट क्रिकेटमा १४ सतक र ३१ वटा अर्धसतक पनि प्रहार गरेका छन् ।
यसैगरी, उनले चार सय ४५ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल १३ हजार चार सय ३० रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर एक सय ८९ रन हो । यो ढाँचाको क्रिकेटमा उनले २८ सतक र ६८ अर्धसतक बनाएका छन् ।
यसैगरी, उनले ३१ वटा टी–२० अन्तर्राष्ट्रिय खेल्दै कुल ६ सय २९ रन बनाएका छन् । यी अलराउन्डर खेलाडीले देशका लागि तीनवटै ढाँचाको क्रिकेटमा चार सयभन्दा बढी विकेट पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण