प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु समूहद्वारा १ करोड ७५ लाख सहयोग
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु समूहले १ करोड ७५ लाख सहयोग सहयोग गरेको छ ।
सोमबार आयोजित कार्यक्रमका बिच उक्त रकम बराबरको चेक प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे ।
असोज दोस्रो साता देशका विभिन्न भू-भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न विनाशकारी विपद्को यो घडीमा सरकारमार्फत उक्त सहयोग गरिएको समूहको भनाइ छ । प्रभु समूह अन्तर्गतका प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इन्स्योसुरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्स्योसुरेन्स लिमिटेडका तर्फबाट प्रदान गरिएको उक्त सहयोगले बाढीपहिरो तथा डुबानबाट पीडितहरूको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा लिइएको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
साथै प्रभु समूहले बाढी तथा पहिरोबाट घाइते नागरिकहरूको शीघ्र स्वास्थलाभको कामना गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण