भारतद्वारा ४.२ टन बराबरको राहत सामग्री हस्तान्तरण
सोमबार, २१ असोज २०८१, २१ : ३३
काठमाडौँ । भारत सरकारले नेपालमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि आपतकालीन राहत सामग्रीको खेप हस्तान्तरण गरेको छ । भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौँस्थित भारतीय दूतावासले दिएको जानकारी अनुसार टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको उक्त मानवीय सहायताको खेप भारतबाट नेपालगन्ज ल्याई पुर्याइएको हो ।
दूतावासका अनुसार भारत सरकारले अन्य अत्यावश्यक सरसफाइ सामाग्री तथा औषधीका साथसाथै अन्य राहत सामाग्रीको पनि व्यवस्था गरिरहेको छ जुन छिट्टै उपलब्ध गराइनेछ । हालै आएको बाढी र पहिरोले निम्त्याएको विनाशमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण