भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण ५ जनाको मृत्यु
नयाँदिल्ली । दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना (आइएएफ) को प्रदर्शनमा गर्मी र कथित खराब भीड व्यवस्थापनका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने धेरैलाई अस्पतालमा भर्ना गरिएको छ ।
आइएएफको ९२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आइतबार सहरको मरिना समुद्री तटमा आयोजित कार्यक्रममा कीर्तिमानी १५ लाख मानिसले भाग लिएका थिए । द्रविड मुन्नेत्र कझगमका सांसद कनिमोझी करुणानिधिले सोमबार भने, “आइएएफको प्रर्दशनपछि गर्मीका कारण पाँच जनाको मृत्यु भएको छ । पाँच जनाको मृत्युको खबर अत्यन्तै दुःखद् र पीडादायी छ ।”
चेन्नाईको मरिना समुद्र तटमा आयोजित सैन्य उडान साहसिक कार्यक्रमको प्रत्यक्षदर्शी जनता भीड र चर्को गर्मीबाट पीडित थिए । नयाँदिल्लीस्थित टेलिभिजन समाचार च्यानल एनडिटिभीले अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस पुगेको दिन आयोजित कार्यक्रममा दर्शकको क्षेत्रमा पिउने पानीको पर्याप्त व्यवस्था नभएको बताएको छ ।
स्थानीय सरकारका चिकित्सा तथा परिवार कल्याणमन्त्री मा सुब्रमण्यमले कार्यक्रममा खानेपानी आपूर्ति, चिकित्सा टोली र भीड नियन्त्रणका लागि सुरक्षा व्यवस्था मिलाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण