नेदरल्यान्ड्सका ‘फुटबल लिजेन्ड’ निस्केन्सको निधन
काठमाडौँ । नेदरल्यान्ड्सका ‘फुटबल लिजेन्ड’ खेलाडी जोहान निस्केन्सको निधन भएको छ । उनले ७३ वर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ । उनी आफ्नो समयका प्रभावशाली फुटबल खेलाडी हुन् ।
नेदरल्यान्ड्स फुटबल महासंघले पनि उनको निधन भएको पुष्टि गरेको छ । आफ्नो समयका चर्चित मिडफिल्डर निस्केन्सले सन् १९७० देखि सन् १९८१ सम्म नेदरल्यान्ड्सको राष्ट्रिय टोलीबाट ४९ खेल खेल्दै १७ गोल गरेका थिए ।
उनले डच क्लब आयाक्स, स्पेनिस क्लब बार्सिलोना, अमेरिकी क्लब न्यु योर्क कसमसलगायतका क्लबबाट ब्यवसायिक फुटबल खेलेका थिए । सन् १९७० को दशमा उनले नै ‘टोटल फुटबल’ को अवधारणा अगाडि बढाएका थिए ।
‘जोहान निस्केन्सको निधनको समाचारले हामी स्तब्धः भएका छौँ । उनको निधनबाट नेदरल्यान्ड्सलाई मात्र होइन विश्व फुटबललाई नै अपूरणीय क्षति पुगेको छ,’ रोयल डच फुटबल एसोसिएसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सन् १९७४ र सन् १९७८ को फिफा विश्वकपमा नेदरल्यान्ड्सको टोली उपविजेता बन्दा निस्केन्स टोलीका महत्वपूर्ण सदस्य थिए । सन् १९७४ को विश्वकपको फाइनलमा तात्कालिन पश्चिम जर्मनीले डच टोलीलाई २–१ गोलले हराएको थियो ।
त्यसपछि सन् १९७८ को विश्वकपको फाइनलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा ३–१ गोलले पराजित गरेको थियो । निस्केन्सले डच क्लब आयाक्सलाई तीनपटक युरोपियन कपको उपाधि पनि चुमाएका थिए । उनले आयाक्सले दुई दुई पटक घरेलु लिगको उपाधि पनि जिताएका थिए ।
निस्केन्सले सन् १९७४ देखि सन् १९७९ सम्म स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाबाट ब्यवसायिक फुटबल खेलेका थिए । उनले बार्सिलोनालाई कोपा डेल रे र युरोपियन कपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनले सन् १९९१ मा सक्रिय खेलजीवनबाट सन्न्यास लिएका थिए । त्यसपछि उनी प्रशिक्षकको भूमिकामा सक्रिय भएका थिए । उनले नेदरल्यान्ड्स र अस्ट्रेलियाको राष्ट्रिय टोली तथा बार्सिलोना, गालातसारेलगायतका क्लबमा सहायक प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण