मेलम्चीको खानेपानी आजदेखि घरघरमा
मङ्गलबार, २२ असोज २०८१, १३ : ४०
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनास्थलका स्थानीयसँगको १० बुँदे सहमतिपछि आजदेखि काठमाडौँमा मेलम्चीको पानी छोडिने भएको छ।
सोमबार बेलुका हेलम्बु पुगेका खानेपानी मन्त्री प्रदीप यादवले आन्दोलनमा उत्रेका स्थानीय ठेकेदार र स्थानीयहरूसँग सहमतिमा हस्ताक्षर गरेका थिए ।
दसैँको समय भएको र स्थानीयसँग सहमति भएकाले मेलम्चीको पानी आजदेखि काठमाडौँ आउने मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिए । आज २ बजे सुन्दरीजलबाट खानेपानी मन्त्री प्रदीप यादवले ‘स्विच अन’ गरेर पानी छाड्ने तयारी गरिएको छ ।
दैनिक १७ करोड लिटर छाडिने तयारी सरकारले गरेको छ।
११ असारदेखि मेलम्ची पानी काठमाडौँ पथान्तरण गर्न बन्द गरिएको थियो । अत्यधिक वर्षा भएपछि पानी पथान्तरण बन्द गरिएको थियो । असार दोस्रो साता अविरल वर्षापछि मेलम्ची नदीमा बाढी आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण