शिक्षामन्त्रीले गरिन् सातै प्रदेशका मन्त्रीहरूसँग छलफल
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सातै प्रदेशका मन्त्रीहरूसँग छलफल गरेको छ । शिक्षामन्त्री विद्या भट्टराईको अध्यक्षतामा सातै प्रदेशका शिक्षा हेर्ने मन्त्रीहरूसँग भर्चुअल रूपमा छलफल गरेकी हुन् ।
विषयगत समितिको बैठकमा प्रदेश मन्त्रीहरूसँगै मन्त्रालयका सचिवहरू, बाढी प्रभावित स्थानीय तहका प्रमुख तथा शिक्षा शाखा प्रमुखहरू लगायतको सहभागिता थियो ।
बैठकमा हालै आएको अति वर्षापछिको बाढी पहिरोका कारण विद्यालय क्षेत्रमा पुर्याएको क्षतिका विषयमा जानकारी दिइएको थियो ।
जोखिम मूल्याङ्कन, शैक्षिक सामग्री व्यवस्थापन, अस्थायी सिकाइ केन्द्र निर्माण, खानेपानी, शौचालय र खेल मैदान व्यवस्थापन, मनोसामाजिक परामर्श तथा स्रोत व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो ।
विद्यालय क्षेत्रमा पुर्याएको क्षतिबारे जानकारी दिनुका साथै सहज रूपमा पठनपाठन गराउने विषयमा समेत छलफल गरिएको थियो । तत्काल राहत तथा पुनर्स्थापना र भावी योजनाका बारेमा मन्त्री भट्टराईले प्रदेश मन्त्रीहरूसँग सुझाव समेत माग गरेकी थिइन् ।
बैठकमा बोल्दै मन्त्री भट्टराईले विपदमा सबै तहका सरकार र जिम्मेवार निकाय निःस्वार्थ भावले लाग्नुपर्नेमा जोड दिइन् । विद्यालयलाई विपत् व्यवस्थापनका लागि शैक्षिक कार्यक्रम शीर्षकमा प्रति प्रदेश दुई करोडका दरले वित्तीय सहयोग हस्तान्तरण गरिएको बताइन् ।
त्यस्तै आपत्कालीन योजना र सिकाइ सामग्रीमा अनुदान दिइएको र योजना कार्यान्वयनका लागि महानगरपालिकामा ६ लाख, उपमहानगरपालिका र नगरपालिकालाई ५ लाख र गाउँपालिकालाई ४ लाखका दरले बजेट व्यवस्थापन गरिएको समेत बताइन् ।
बैठकमा अघिल्लो बैठकको समीक्षासहित पाँचथर, मोरङ, सप्तरी, सर्लाही, सिरहा पर्सा, दोलखा, सिन्धुली, रसुवा, ललितपुर, काभ्रे, मकवानपुर, गुल्मी, रुपन्देही, नवलपरासी पश्चिम, हुम्ला, जाजरकोट, सुर्खेत, भक्तपुर, चितवन, धादिङ, काठमाडौँ, खोटाङ, उदयपुर, कपिलवस्तु, बारा र तनहुँ जिल्लामा गरी कुल ५४ स्थानीय तहका २०० विद्यालयमा पुगेको जानकारी दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण