सुनसरीबाट ५० हजार नक्कली रुपैयाँसहित युवक पक्राउ
बुधबार, २३ असोज २०८१, १२ : ५९
काठमाडौँ । सुनसरीको हरिनगर गाउँपालिका–७ बाट प्रहरीले ५० हजार नक्कली रुपैयाँ सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३१ वर्षीय हजरूल खातुन छन् ।
उनको साथबाट एक हजार दरका ५० थान नक्कली नोट र नियन्त्रित लागु औषध नाइट्रोजन १ सय ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाटबाट खटिएको टोलीले हरिनगर–७ स्थित आरोपीको घरमा खानतलासी गर्दा नक्कली नोट र लागु औषध भेटिएको हो । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण