मारवाडी सेवा समिति र महानगरबिचको वार्ता निष्कर्षविहीन
बुधबार, २३ असोज २०८१, १३ : ५९
काठमाडौँ । मारवाडी सेवा समितिले गौशाला धर्मशाला नछाड्ने अडान लिएको छ । काठमाडौँ महानगरपालिकाले धर्मशाला खाली गर्न भने पनि समितिले आफूहरू मोही भएको जिकिर गर्दै खाली नगर्ने अडान लिएका हुन् ।
समितिले औपचारिक पत्र प्राप्त नभए नहट्ने स्पष्ट पारेको छ । बुधबार महानगरपालिका गौशाला खाली गर्न पुगेसँगै समितिका सदस्यहरू विरोध प्रदर्शनमा उत्रिएका थिए । सो क्रममा दुई पक्षीय वार्ता भएपनि समिति र महानगर आ–आफ्नै अडानमा अडिग भएसँगै कुनै सहमति जुट्न सकेन ।
पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाबिच मंगलबार गौशाला धर्मशाला महानगरले व्यवस्थापन गर्नेसम्बन्धी सहमति भएको थियो । यससँगै महानगरपालिकाले व्यवस्थित रूपमा धर्मशाला सञ्चालन गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण