स्कटल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित
शारजाह । यूएईमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नवप्रवेशी स्कटल्याण्डलाई ८० रनले पराजित गरेको छ । बुधबार भएको समूह बी अन्तरगतको खेलमा १ सय ६७ रनको लक्ष्य पाएको स्कटल्याण्ड मात्र ८६ रनमा समेटिएको हो ।
टोलीका लागि केथरिन फ्रेजरले सर्वाधिक १४ रन तथा एलिसा लिस्टरले १२ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका लागि ननकुलुलेको एमलाबाले ३ विकेट लिइन् भने क्लोइ ट्रायन र नदिन डी क्लेर्कले २–२ विकेट लिइन् ।
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको थियो । टोलीका लागि ताजमिन ब्रिट्स र मारिजेन कापले ४३–४३ रनको योगदान दिइन् । कप्तान लाउरा वोल्भार्टले ४० रन जोडिन् ।
समूह बीमा ३ खेलमा दोस्रो जित निकाल्दै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लेको छ । स्कटल्याण्ड भने जितविहीन रहँदै पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटमा आईजीपी कार्कीको सम्बोधन
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण