काभा यू–२० च्याम्पियनसिप : कोलम्बोमा आज नेपाल र किर्गिस्तान भिड्दै
काठमाडौँ । श्रीलंकाको राजधानी कोलम्बोमा जारी काभा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा नेपालले बिहीबार आफ्नो चौथो खेल खेल्दैछ । नेपाली टोलीले चौथो खेल किर्गिस्तानसँग खेल्न लागेको हो ।
नेपाल र किर्गिस्तानबिचको खेल नेपाली समय अनुसार, साँझ १८ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा यसअघि तीन खेल खेलिसकेको नेपालले दुई जित र एक हारको नतिजा निकालेको छ । नेपाली टोलीले आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो ।
यसैगरी, नेपाली टोली आफ्नो तेस्रो खेलमा भने उज्वेकिस्तानसँग १–३ सेटले पराजित भएको थियो । त्यसपछि नेपाली टोलीले आफ्नो तेस्रो खेलमा उत्कृष्ट प्रदर्शनसहित माल्दिभ्सलाई ३–० को सोझो सेटमा पाखा लगाएको थियो ।
उक्त खेलमा प्रारम्भदेखि नै नेपालले माल्दिभ्सलाई दबाबमा राखेको थियो । नेपालले पहिलो सेटको नतिजालाई २५–५ अङ्कले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पनि नेपाली टोली २५–१२ अङ्कले अगाडि रह्यो । नेपालले तेस्रो सेटको नतिजालाई पनि २५–२० अङ्कले आफ्नो पक्षमा पारेको थियो ।
दोस्रो जितसँगै नेपाली टोलीले अगाडि बढ्ने सम्भावना कायमै राखेको छ । त्यसैले नेपाली टोलीका लागि किर्गिस्तानविरुद्धको खेल निकै महत्त्वपूर्ण छ । आफ्नो पाँचौँ खेलमा नेपाली टोलीले शुक्रबार तुर्कमेनिस्तानको सामना गर्नेछ ।
लिग चरणको खेलपछि अङ्क तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा सहभागी टोलीहरूबिच तेस्रोदेखि छैटौँ वरीयतासम्मका लागि पनि खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण