बंगलादेशमाथि वेस्ट इन्डिजको शानदार जित
शारजाह । आईसीसी महिला टी–२० विश्वकपमा वेस्ट इन्डिजले बंगलादेशमाथि शानदार जित हासिल गरेको छ । बिहीबार भएको समूह बी अन्तरगतको खेलमा वेस्ट इन्डिज ८ विकेटले विजयी बनेको हो ।
बंगलादेशले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य वेस्ट इन्डिजले मात्र २ विकेटको क्षतिमा १२.५ ओभरमा पछ्यायो । वेस्ट इन्डिजका लागि कप्तान हेली म्याथ्युजले मात्र २२ बलमा सर्वाधिक ३४ रन जोडिन् । उनले ६ चौका प्रहार गरिन् ।
स्टेफानी टेलरले २७ रनको योगदान दिइन् । त्यस्तै, सिमेइन क्याम्पबेलले २१ रन तथा डिन्ड्रा डोटिनले १९ रन बनाइन् । श्रीलंकाका लागि नाहिदा अक्तेर र मारुफा अक्तेरले १–१ विकेट लिइन् ।
यसअघि, करिश्मा रामहाराकले घातक बलिङ गरेपछि बंगलादेश २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३ रनमा सीमित बनेको थियो । करिश्माले ४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ४ विकेट लिइन् ।
बंगलादेशका लागि कप्तान निगार सुल्तानाले सर्वाधिक ३९ रनको योगदान दिइन् । दिलारा अक्तेरले १९ रन, शोभाना मोस्तारीले १६ रन तथा रितु मोनीले १० रन बनाइन् । अन्यले दोहोरो अंक छुन सकेनन् ।
वेस्ट इन्डिजका लागि एफी फ्लेचरले २ तथा हेली म्याथ्युजले १ विकेट हात पारिन् । जितपछि राम्रो नेट रनरेटका आधारमा वेस्ट इन्डिज समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । ३ खेलबाट टोलीको ४ अंक छ । बंगलादेश भने समान खेलबाट २ अंकमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
-
लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण