इजरायलमाथि फ्रान्सको गोल वर्षा
शुक्रबार, २५ असोज २०८१, ०७ : ०९
हंगेरी । यूईएफए नेसन्स लिगमा फ्रान्सले इजरायलमाथि सहज जित हात पारेको छ । इजरायल–गाजा युद्धका कारण हंगेरीमा खेलिएको खेलमा फ्रान्स ४–१ गोलले विजयी बन्यो ।
खेलको छैटौँ मिनेटमा नै एडुवार्डो कामाभिंगाले फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, २४ औँ मिनेटमा ओमरी गान्डेलमानले इजरायलका लागि बराबरी गोल फर्काए । चार मिनेटपछि नै क्रिस्टोफर एनकुंकुले पुनः फ्रान्सलाई अग्रता दिलाए ।
८७ औँ मिनेटमा माटेयो गुइनडोजीले फ्रान्सका लागि तेस्रो गोल गरे । दुई मिनेटपछि ब्राडली बाकोलाले चौथो गोल थपे । घाइते भएका कारण किलियान एम्बाप्पे भने टोलीमा समावेश थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण