पारिवारिक शोकमा रहेका सभामुख घिमिरेले त्रयोदशीका दिन टीका लगाउने
शुक्रबार, २५ असोज २०८१, १२ : ०९
काठमाडौँ । सभामुख देवराज घिमिरेले दसैँको टीका त्रयोदशीका दिन मात्रै लगाउने भएका छन् । घिमिरेको सचिवालयले दिएको जानकारी अनुसार पारिवारिक शोकका कारण सभामुख देवराज घिमिरेले उक्त दिन टीका ग्रहण गर्ने भएका हुन् ।
‘उहाँले ९३ वर्षीया आमा भीमकुमारी घिमिरेको हातबाट असोज २९ गते टीका लगाउनुहुनेछ । उहाँले काठमाडौँमा नै दसैँ मनाउने तय भएको छ‚’ सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले भने ।
अधिकारीका अनुसार सभामुख घिमिरेले प्राकृतिक विपत्तिका कारण झापामा हुने दसैँको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम रद्द गरेका हुन् । उनले संघीय संसद् सचिवालयले बर्सेनि आयोजना गर्दै आएको दसैँको शुभकामना आदान प्रदान कार्यक्रम पनि राष्ट्रिय शोक कारण यस वर्ष रद्द गरेको अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण