विश्वकप खेलिरहँदा पिताको निधनको समाचार
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपको नवौँ संस्करण अहिले संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी छ । सहभागी टोलीहरू अहिले समूहगत चरणको खेलमा व्यस्त छन् । समूहगत चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् ।
अहिले पाकिस्तानी टोली पनि सेमिफाइनलमा पुग्न सङ्घर्ष गरिरहेको छ । तर, विश्वकप चलिरहँदा पाकिस्तानी टोलीका लागि एउटा दुःखद खबर आएको छ । पाकिस्तानी टोलीकी कप्तान फातिमा सानाको पिताको निधन भएको छ ।
पिताको निधनको खबर प्राप्त भएपछि पाकिस्तानी टोलीकी कप्तान फातिमा साना यूएईबाट घर फर्किएकी छन् । उनी पाकिस्तानको कराँचीमा बस्छिन् । जारी विश्वकपमा पाकिस्तानले आफ्नो अर्को खेल शुक्रबार ६ पटकको च्याम्पियन अस्ट्रेलियासँग खेल्दैछ ।

२३औँ वर्ष प्रवेशको सँघारमा रहेकी फातिमा सानाले पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छन् । उनले हालसम्म टेस्ट क्रिकेटमा भने ‘डेब्यू’ गरेकी छैनन् । उनी टोलीकी अलराउन्डर खेलाडी हुन् ।
त्यसैले आफ्नो प्रभावशाली खेलाडीको अनुपस्थितिले पाकिस्तानलाई ठुले झट्का लागेको छ । फातिमा सानाको अनुपस्थितिमा अब पाकिस्तानी टोलीको कप्तानको भूमिका उपकप्तान मुनिबा अलीले निर्वाह गर्ने बताइएको छ ।
समाचारमा जनाइए अनुसार, स्ट्रोकका फातिमा सानाको पिताको निधन भएको हो । पाकिस्तानी क्रिकेट बोर्डका पदाधिकारी र विश्वकपमा सहभागी पाकिस्तानी खेलाडीहरूले फातिमा सानाको पिताको निधनबाट आफूहरू स्तब्ध: भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिटमा आईजीपी कार्कीको सम्बोधन
-
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो
-
संसदीय सुनुवाइ समितिले गलत व्यक्तिलाई अस्वीकार गर्न सक्नुपर्छ: आनन्दप्रसाद ढुंगाना
-
प्रविधि र सेवाको नमूना : कसरी स्मार्ट बन्दैछ ललितपुर महानगर ?
-
वास्तविकता बन्दैछ जिन सम्पादनबाट शिशुको जन्म
-
निर्वाचन आयोगजस्ता संवैधानिक निकायमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरौँ: पद्मा अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण