प्रधानन्यायाधीशहरूको सम्मेलनमा भाग लिन प्रधानन्यायाधीश क्वालालम्पुरमा
शुक्रबार, २५ असोज २०८१, १४ : १०

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि यही असोज २८ गतेसम्म मलेसियाको राजधानी क्वालालम्पुरमा प्रारम्भ भएको एसिया–प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको सम्मेलनमा सहभागी भएका छन्।
मलेसियाको न्यायपालिका विभाग तथा एसिया–प्रशान्त कानुन सङ्गठनद्वारा संयुक्त रूपमा आयोजित उक्त सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गए राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानन्यायाधीशका साथ सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल र रजिस्ट्रार विमल पौडेल छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन